Last modified on 22 अगस्त 2020, at 19:32

बिदा / लीलाधर मण्डलोई / सुमन पोखरेल

चराहरू पनि
बिदा मनाउँछन् ।

हेर्नुहोस्, साइबेरियाबाट
आइपुगेका छन् ती

भङ्ग नगरौँ तिनको शान्ति ।

आफ्नो बिदा मनाउन
हामी कतै अन्तै जाऔँ ।