Last modified on 20 अगस्त 2020, at 21:43

बिर्सनु / येहुदा अमिसाई / सुमन पोखरेल

कसैलाई बिर्सनु भनेको
घर पछिल्तिरको बत्ती निभाउन बिर्सिनुजस्तै रहेछ,
जो भोलीपल्ट दिनभरि पनि बलिरहन्छ।
 
र त्यसैको उज्यालाले,
सम्झाउँदोरहेछ
फेरि सम्झनका लागि।