Last modified on 14 जून 2024, at 19:27

बिर्सेर जाऊँ कसरी आज माटो यो / नगेन्द्र थापा

बिर्सेर जाऊँ कसरी आज माटो यो
भिजिसकेको छ मेरो आँशु
यही नै माटोमा, माटोमा
 
बिर्सेर जाऊँ कसरी आज माटो यो

माया कलिलो तिम्रो मेरो, हुर्की फुल्यो यही बतासमा
माया बोकेर छाइदियो, यहीँ रङ्गिन बहारमा
हाँसूँला भनेर, हाँसूँला भनेर

बिर्सेर जाऊँ कसरी आज माटो यो

खोला किनारी चिसो अझै, हात समाई कुदेका छौँ
भत्केको छैन बना'को घर, सयौँ सपना साँचेका छौँ
बसौँला भनेर, बसौँला भनेर

बिर्सेर जाऊँ कसरी आज माटो यो

........................
शब्द: नगेन्द्र थापा
संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल