Last modified on 4 फ़रवरी 2015, at 18:17

बेकार छ / विष्णुविभु घिमिरे

आँखा राम्रो भएर मात्र के गर्र्नू!
जब ती आँखाले
कसैको पीडामा आँसु रसाउँदैन भने
ठ राम्रा भएर के गर्नू?
जब ती ठले
अरुको खुशीमा शौन्दर्य मुस्कुराउँदैन भने
सलक्क मिलेको नाक भएर मात्र के गर्नू?
जब त्यो नाकले
आत्मियताको वासना थाहा पाउन सक्दैन भने!
मुटु मात्र भएर के गर्नू?
जब त्यो मुटु
पलपल आफ्नै स्वार्थ मात्र ढुकढुकाउँछ भने
फोक्सो मात्र भएर के गर्नु?
जब त्यो फोक्सो
आफ्नै तृष्णा र मायामा मात्रै श्वास-प्रश्वास भइरहन्छ भने
मन मात्र भएर के गर्नु?
जब त्यो मन
नदी सुकेपछिको बगर जस्तो छ भने
आसु बेकार छ
मुस्कान बेकार छ
यो जीवन बेकार छ
मान्छेका नाउँमा मान्छे बाँच्नु बेकार छ!