भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बेघरबार भएको छु / ज्ञानेन्द्र खतिवडा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:26, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=ज्ञानेन्द्र खतिवडा |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

मैले मेरो शरीरको अग्लाइ काटेर
यस देशका पहाड–पर्वतलाई दिएको छु
यसर्थ
यहाँका पहाड–पर्वत अग्ला–अग्ला छन्
म आफू भने पुड्को छु।
 
मैले मेरो नाकको सान काटेर
यस देशको इज्जत र मान बढाइदिएको छु
यसैले म नाकचेप्टे छु ।

मैले मेरा आँखाको रोसनीले
यस देशको उज्ज्वलता अझ चम्काइदिएको छु
यसैले म आफू चिम्से छु।

मैले मेरो निधारको चौडाइ काटेर
यस देशको मानचित्रलाई अरू विस्तृत बनाइदिएको छु
यसर्थ म आफू अभागी छु ।

मैले मेरो सिङ्गो शरीर नै
यस देशको सिमाना–सिमानामा छेकबार बनाइदिएको छु
यसैले म बेघरबार छु।