भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

बेड नम्बर मेटिएका बेडहरू / विप्लव ढकाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:18, 18 अप्रैल 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विप्लव ढकाल |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मध्ययुगीन अन्धकारको एउटा विराट शून्यतालाई चिरेर
यति अमूर्त लयमा— को रुादै छ बाहिर ?

‘हुँ हुँ हाँ ! … हुँ हुँ हाँ !!’
‘हुँ … हुँ … हाँ ! … हुँ … हुँ … हाँ !!’

कि कुनै शास्त्रीय सङ्गीतको द्रुतविलम्बित लय हो यो ?
कि असङ्ख्य जङ्गली पशुहरुको अशुभ कोरस हो यो ?

को रुादै छ बाहिर ?

सायद बाहिर मान्छेहरु, कुक्कुरहरु र
जङ्गली स्यालहरु
एउटै लयमा रोइरहेका छन् !

र भित्र तिमी यतिखेर
आर्यघाटको कुनै चिसो चितामा
कि कुनै सरकारी अस्पतालको
बेड नम्बर मेटिएको बेडमा सुतेका छौ—
देशबहादुर परियार !

‘हुँ हुँ हाँ ! … हुँ … हुँ … हाँ !!’
तिम्रो आवाज पनि बाहिर रोइरहेका
मानिस र पशुहरुको जस्तै अनौठो छ !

कि अब खोल आफ्ना आाखा
र गाउामा हराएका कवि श्याम तमोटको
जागृति गीत गाउादै गाउादै— गाउा गाउाबाट फेरि उठ !
कि अब खोल पृथ्वीका आाखा
र ताराहरु हराएको आफ्नै आकाशको सिलिङमा हेर !

तिम्रो आकाशको सिलिङमा एउटी मैच्याङ जस्तै माकुरी
आवाजबिनाका गीतहरु गाउादै बुनिरहेकी छ गलौचा !
भित्तामा हेर भित्तामा !
मानबहादुर जस्तै माउसुली
लुकीलुकी चोर आाखाले— हेरिरहेको छ उसको सारी !

माकुरीको मसिनु धागोमा झुन्डिएको छ एउटा मधुरो बत्ती !
त्यही बत्तीबाट बुरबुर बुरबुर
तिम्रो भुइामा झरिरहेको छ— उज्यालोको अन्तिम धूलो !
सिरकमा हेर सिरकमा !
कलाकार किरण मानन्धरका अमूर्त तैलचित्रहरु जस्तै
कटकटिएका छन्— पीप र रगतका उत्तरआधुुनिक टाटाहरु !
तिनै टाटाहरुबाट बनेको छ
तिम्रो नयाँ देशको एउटा विखण्डित मानचित्र !

देशबहादुर परियार !
अगाडिको बेडमा हेर—
निमोनियाले थलिएको गोर्की जस्तो एउटा बालक
चिसा आाखाहरु खुलै छाडेर पर्खिरहेको छ आमालाई !

आाखामा हेर आाखामा !
ओखती किन्न गएकी आमा— बाटामा उतै हराएपछि
उसका आाखाहरुबाट पनि बुरबुर बुरबुर झरिरहेको छ
तिम्रो छोराको पानीफोटो जस्तै
ब्ल्याक एन्ड ह्वाइट सपनाको धूलो !

दायाँपट्टिको बेडमा हेर—
बाटुला आाखा र चुच्चो नाक भएको एउटा तागाधारी बाहुन
रुमालमा पहेलो रगत बान्ता गरिरहेको छ !
सायद ऊ कर्नालीको किनारैकिनार खसी बेच्न झरेको
तिम्रै मीतबाबु हरिप्रसाद पन्त हुनुपर्छ !

बायाँपट्टिको बेडमा हेर—
चिम्सा आाखा र थेप्चो नाक भएको एउटा मतुवाली युवक
हत्केलामा आफ्नै कलेजो राखेर चिरिरहेको छ !
सायद ऊ तिम्रै दु:खको कविता लेख्न हिाडेको
कुनै सुदूर किनाराको कवि— देवान किरााती हुनुपर्छ !

कालो वर्णको एउटा सिकुटे मधेसी
सलाइनका बोतलहरुमा निधार ठोकेर रुादै छ अर्को बेडमा !
नजिकै उसकी पगली औरत
ओखतीका बिलहरुले पुछिरहेकी छ
आफ्नो आासु !
नियालेर हेर उसलाई—
सायद ऊ तिम्रै बिग्रिएको रेडियो बनाउने
मिस्त्री मगनीलाल थारु हुनुपर्छ !

पर कुनाको अर्को बेडमा
तातो झिरले दुवै आाखाहरु फुटाइएकी
मदर टेरेसाजस्ती बूढी आइमाई
‘म बोक्सी होइना’ भन्दै
समयका कपालहरु लुछीलुछी रोइरहेकी छ निरन्तर !
सायद ऊ आफ्नै छोराको मलमूत्र खुवाइएकी
कल्लीकुमारी कि मरणीदेवी हुनुपर्छ !

पछाडिपट्टिको आध्यारो बेडमा हेर !
मगज बिग्रिएको आधुनिक कवि
गोपालप्रसाद रिमालजस्तो एउटा अनाम विद्रोही
घरी आफैंलाई, घरी सरकारलाई गाली गर्दै रोइरहेको छ !
सायद ऊ कुनै भूमिगत पार्टीबाट निष्कासित
कमरेड तुफान विक्रम केसी हुनुपर्छ !

‘हुँ … हुँ … हाँ ! … हुँ हुँ हाँ !!’

यो किनाराको आवाज हो कि मूलधारको आवाज हो ?
यो तिम्रो समयको सक्कली आवाज हो
कि मसानका खरानीहरु मिसिएको कृत्रिम आवाज हो ?
आवाजै आवाजहरु पोखिएर बनेको
यो जङ्गली कीराहरुको अनौठो कोरस के हो ?

देशबहादुर परियार !
समय हेर समय,
यो भूतबङ्गालाको पर्खालभित्र कि पर्खालबाहिर बसेर
यति क्लिष्ट र अमूर्त लयमा— को को रुादै छन् यसरी ?
बिरामी सुतेका बेडहरुमा मेटिएका छन् बेड नम्बरहरु !

आवाजका असली पहिचानहरु— हराएका छन् आवाजभित्रै !
मध्ययुगीन अन्धकारको यो विराट शून्यतालाई चिरेर
को को रुादै छन्— यति अस्पष्ट, जटिल र अमूर्त लयमा ?
पहिचानवादीहरु रुादै छन्
कि पहिचान विरोधीहरु रुादै छन् ?
कि दुवैथरी मिलेर— लगाइरहेछन् एउटै नारा ??