Last modified on 7 मई 2017, at 12:12

ब्ल्याक मार्केट / गोविन्द विकल

कालो कारबाट कालो सुटकेस बोकेर
कालो सुट निस्क्यो
त्यो कालो सुटले त्यो कालो सुटकेस
अर्को कालो सुटलाई दियो
र अर्को कालो सुट बेपत्ता भयो
कुन्नि । कता गयो
सबैलाई थाहा छ, योब्ल्याक मार्केट हो
तर
अनुसन्धान विभागको पुलिस हेरेकोहेर्यै भयो ।