Last modified on 16 सितम्बर 2021, at 22:07

भूल हो तेरो भागिहिँडनु / गोपाल योञ्जन

भूल हो तेरो भागिहिँडनु जीवनदेखि डराएर
यहाँ जिउनेहरूले सबथोक पाउँछन्
मर्नेहरू सब फालिन्छन्

संसारसँगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो
उड्दै उड्दै उड्दै छुन सकिस् भने जून तारासम्म तेरै हो
भूल हो तेरो अडान खोज्नु यात्रादेखि थाकेर
यहाँ चड्नेहरू नै टाकुरा पुग्छन्
अड्नेहरू सब छाडिन्छन्

हारहरूको जुत्ता लगाऊ जीतहरूको टोपी
आशाहरूको माला लगाऊ, निराशाहरूलाई छोपी
भूल हो तेरो दया खोज्नु आँखाहरूलाई भिजाएर
यहाँ बढ्नेहरूले सबथोक पाउँछन्
झुक्नेहरू सब नासिन्छन्