Last modified on 31 मई 2017, at 18:42

भोकाएको मन / सुमन पोखरेल


मनपर्‍यो
केवल मनपर्‍यो ।

केके मनपर्‍यो
कहाँकहाँ मनपर्‍यो
बस् मनपर्‍यो ।

अहो !
यो के मनपर्‍यो
उफ् !
कस्तो लाचार यो मनपराइ
कस्तो विवश यो मनपराइ ।

मनपर्‍यो
बस् मनपर्‍यो !