भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मछुवारी / विमला तुम्खेवा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 23:08, 28 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विमला तुम्खेवा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


समयको निर्बन्धित बगरमा
मृत्युलाई कैर्द गर्दै
मछुवारी सोच्दै छ
मेरो भोकभन्दा मृत्यु किन सस्तो छ ?

बगरमा उभिएर सोच्नु
मछुवारीको निम्ति दिक्क लाग्दो
अस्वीकृत समय हो
मछुवारी सोच्छ
समयको देशमा मृत्युको बेहिसाब किताब छ
मेरो जीर्ण शरीरभरिभरि ......
मृत्युको अलिखित इतिहास छ

मछुवारी !
तिम्रो जालमा परेका कलिला जीवनहरु
बेहिसाब फाटेका उमेरहरु
असीमित छ
जटिल छ
प्रिय छ र भयानक पनि
भन मछुवारी —
तिम्रो नजरमा भोकभन्दा मृत्यु किन सस्तो छ ?