भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मदन त्यसै थलामा परे / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो।
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरुको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ।
मदन भन्छन्, ‘चरक पढ, सुश्रूत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ।
मनको रोगको औषधि के हो? मलाई बताऊ।
सम्झना भन्ने छटपटी हुन्छ, दर्शनपियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँमरीभित्र मुटुमा दुख्तछ!
लक्षण सारा बाहिरबाट मनमा लुक्तछ!’
वैद्यले हेर्योि, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता! औषधि पाएन।
दिनका दिन झन् सार्हाा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
‘हे मेरी दिदी! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्यामऊ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरु अकेली आमाको,
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटुको,
औषधी छैन हे मेरी दिदी! फुटेको मुटुको।’