Last modified on 21 मई 2017, at 09:51

मधुमासको / रत्न शमशेर थापा

मधुमासको यो दिलको बाग
नफुलिकन उजाड भो
आशा अनि अभिलाषा
मनको मनमै रह्यो
मधुमासको…

हाँसो खुसि र चैन सबै
आँशु बनी रह्यो
मायाको ज्योति आँधीले
दूर कतै लाग्यो
बदली अचानक छाई
जिबन निरास भो
मधुमासको…