Last modified on 3 जनवरी 2017, at 15:08

मनको माया हजुरलाई / बुद्धवीर लामा

मनको माया हजुरको कहिले पाउने हो
हुम्ला जुम्ला गाडीमा कहिले जाने हो
डुंगा चढी राराताल कहिले घुम्ने हो

कति मिठो शीतल हजुर हिमाल छायाँको
कति मिठो भोकप्यास ज्यानकै मायाको
मुख उज्यालो हजुरको कहिले हुने हो

खाँटी कुरा थाती हैन लगाइहालौं टुंगो
हाम्रै माया समेत गरौं एउटा कोसे ढुंगो
भजन मात्रै हजुरको कति गाउने हो

शब्द: बुद्धवीर लामा
स्वर: कुन्ती मोक्तान
संगीत: शीलाबहादुर मोक्तान
एल्बम: चोली राम्रो