Last modified on 25 फ़रवरी 2015, at 14:05

मन पराउने हजार भेटिन्छन / कालीप्रसाद रिजाल

मन पराउने हजार भेटिन्छन जूनी काट्ने एउटै हुन्छ
जति रूवाओस् धरधरी रूवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ।
जति भुलुँ शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन् दुख बाँड्ने एउटै हुन्छ।
अब भूल गर्दिन भन्छु मान्छे हुँ गल्ती नै हुन्छ
मेरो भगवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ।