Last modified on 10 जनवरी 2017, at 16:29

मलाई अलिकति धैर्य / प्रेम विनोद नन्दन

मलाई अलिकति धैर्य र जाँगर देऊ आमा
खहरेको भेल होइन, सघन, सागर देऊ आमा

यी बलिया पाखुरी र फराकिला छातीहरु
यी हत्केलाभरी उत्साहको, संसार देऊ आमा

उर्घ्वमुखी आँखाहरु छन् र, सचेत पाइलाहरु
पृथ्वी हामी उचाल्छौँ अब चमत्कार देऊ आमा

सबथोक हारेर पनि हिम्मत, हार्न चाहन्न म
फेरी एकपटक हौसलाको, हुंकार देऊ आमा

बेअर्थ नहोस् मैले बाँचेका यी अमुल्य क्षणहरु
हरपल जीवन्त हुने केहि उद्गार देऊ आमा

छरिएका छन् नसा-नसामा, उत्साही ताराहरु
मीठो सपना साकार हुने, झंकार देऊ आमा