भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

महाकविलाई सम्झँदा / विष्णु न्यौपाने

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:38, 26 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विष्णु न्यौपाने |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कालो देह कुँदेर चम्चम भयो घोटेर तिम्रै गला ।
लेखी काव्य पिलाइ उन्नत बने साहित्य, भाषा, कला ।।
त्यो शाकुन्तल,कुञ्जिनी,वनकुसुम् ,लूनी, भिखारी, सती— ।
सावित्री, पुतली, प्रमीथस बने यो राष्ट्रका सम्पति ।।
(१)
यात्री मन्दिरका कथा गरिबका पीडा सबैका खिची ।
प्यारो देश चिनाइद्यौ जगतमा विश्वास नौला सिँची ।।
सारा सृष्टि जिती गयौ पवनमा स्वामी बनी आखिर ।
नौला दृष्टि छरी गयौ भुवनमा साहित्यका खातिर ।।
(२)
भन्थ्यौ हिक्मतका अजेय गण झैं हामी बनौं सुन्दर ।
राखौं केवल श्रेय विश्व बिचमा शौदामिनी –बैभव ।।
नेपाली पनमा सगर्व खुसिले हाँसेर बाँच्ने तिमी ।
छातीमा श्रमको विरासत गुथी नाचेर बाँच्ने तिमीे ।।
(३)
हुर्केथ्यौ अति दुष्ट शासन बिचै भोगेर काला दसा ।
स्वीकारी भय, मृत्यु त्यो कलमले हो युद्ध हाँक्यौ सदा ।।
स्वच्छन्दीय कला उनेर कविता साहित्यको सिर्जना ।
गथ्र्यौ ठाँट फिंजाइ आँट गतिला बोकी नयाँ तिर्सना ।।
(४)
मान्छेले श्रमलाइ सम्पति अझै सम्झेन आफ्नो किन ?
नेपाली जनले भविष्य गतिलो कोरेन आफ्नै किन ?
रुन्थ्यौ आज तिमी दुखेर विचरा पाखा परे सन्तति ।
लाखौं लाख विदेशका कुल तरे मासेर आफ्नो गति ।।
(५)
हाम्रो शक्ति विदेशिँदै छ दिनहूँ रोकिन्न के आखिर ?
आफ्नै आँगनमा भिजोस् मन सधैं यो देशका खातिर ।।
वर्षा बर्सन सक्छ गाथ नहटे नेपालका काखमा ।
ढुङ्गा पग्लन सक्छ साथ नटुटे यो देशका गाथमा ।।
(६)
हाम्रो राष्ट्र विशाल उर्भर सधैं नानी बनोस् विश्वको ।
लाखौंका पसिना चुहाइ सजिने खानी बनोस् विश्वकोे ।।
सक्छौ ?आउ तिमी विषाक्त युगका मासेर सारा कथा ।
नौलो शासन स्थापना गरिदिऊँ नेपालमा सर्वदा ।।
(७)
हामी उच्च बनाउँ कर्म पहिले सर्वोच्चता साधना ।
ठूलो सानु हुँदैन कर्म कहिल्यै मात्रै त हो भावना ।।
भन्ने भाव जगाइ आत्म श्रममा जोडेर हुर्काइद्यौ ।
सादा जीवन उच्च चिन्तन बनुन् घोटेर यो प्याइद्यौ ।।
(८)