Last modified on 7 जुलाई 2017, at 10:55

माटाको माया / हरिभक्त कटुवाल


दुई आँखाको जिज्ञासा
छातीभरिको उखर्माउलो
दुई हातको सक-सक
हरेक साँध फड्कने -
दुई खुट्टाको जम-जम
चिस्सिँदै-चिस्सिँदै
हिउँ बन्छ
पानी बन्छ
बाफ बन्छ

आकाशमा हुँडलिन्छ
हावाको प्रत्येक झोक्कासँगै
अनि
फेरि बर्सिन्छ झरी भई
माटाको मायाले आतुर परेर ।