भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मात्र एकदिन / नरेशचन्द्र खाती

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:36, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=नरेशचन्द्र खाती |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

एकदिन
तारा खस्दछ
र घामको चहकमा
जून बाँच्दछ ।

एकदिन मन पोख्दछ
र फूलको महकमा
जीवन हाँस्दछ ।

एकदिन
शीत पर्दछ
र प्रीतको बहकमा
गीत रच्दछ ।

एकदिन
रीत अल्झन्छ
र अतीतको टहकमा
जित हार्दछ ।

एकदिन
हात टुट्दछ
र साथको चहकमा
पात झर्दछ ।

एकदिन
रात फैलिन्छ
र जीवनको मोहकतामा
कविता मर्दछ ।