Last modified on 16 अगस्त 2017, at 15:52

मानिसहरू / विप्लव प्रतीक


मानिसहरू
आआफ्नो जीवनको चुलोमा
आआफ्नै आग्रह, अनुभव र अनुभूतिका
दाउराहरू विचारले सल्काएर
मृत्युको जाउलो पकाइरहेछन्
र खाइरहेछन्
अनि आफ्नै मृत्यु मरिरहेछन्।