भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे किन यात्रामा छ ? / विप्लव प्रतीक

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:48, 16 अगस्त 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=विप्लव प्रतीक |अनुवादक= |संग्रह= न...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


केही रहर, केही महत्वाकाङ्क्षा
थोरै सफलताका मुस्कान
अनि धेरै शूल छातीभरि बोकेर
म जिन्दगीको कठोर र रापिलो मरुभूमिमा
हिँडिरहेछु ।

कतिपल्ट सुनसान बाटो हिँड्दा
म डरले पल्याकपुलुक काम्दै हिँडेको सम्झ्ना छ,
कतिपल्ट कहिल्यै नआइपुग्दा बिसौनी
डाँको छाडेर हुरुक्कोरोएयाद छ ।
कस्ता बाधा हुँदा रहेछन्थाहा पाएको छु
कत्रो धैर्य टुटदो रहेछ चाल पाएको छु,
यात्रा तय गर्दा कहिले घामले पोल्दो रहेछ
कहिले बर्सातलेरुझउँदो रहेछ
कहिले जाडोले कमाउँदो रहेछ
कतिले पछाडिबाट अङ्कुसे लगाउँदा रहेछन्
कतिले अगाडि नै जाल हाल्दा रहेछन्
छहारी दिने र माया गर्नेहरू परै बसेर हेर्ने् गर्दा रहेछन्
म्वाइँ खाने र सहारा खोज्नेहरू दोधारमा पर्दा् रहेछन्
सोच्दा रहेछन् आपसमा सोध्दा रहेछन्
“यो मान्छे किन यात्रामा छ ?”

म पनि बिलकुल त्यही सोच्ने गर्छु
मान्छे किन यात्रामा हुन्छ ?
र म पनि केलाइरहेछु
मान्छे र यात्राबीच साइनो के छ ?