भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मान्छे : आस्थाको अभिब्यक्ति / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

-यो सुन हो
  लिन्छौ?
 -लिन्नँ।
 -खेतमा धान उब्जाउन सकिन्छ
  केही नगर्दा-
  खेतमा घर बनाउन पनि सकिन्छ
  केही नगर्दा-
  बेचेरै पनि खेतसँग सम्पन्नता साट्न सकिन्छ
  स्वीकार गर !
  यो खेत तिम्रै भयो
 -स्वीकार छैन।
 -भैगो !
  मन्दिरको गजुर
  खोलाको कलकल
  र, विहारको पवित्रता पनि तिमीलाई नै भयो
 -चाहिँदैन।
 -उसो भए भावुक रहेछौ
  सुन्दरता चुलिएको सगरमाथा
  र शरद्को फूलबारीसँग त लोभिँदा हौ नि तिमी पनि
 -अहँ, लोभ लाग्दैन।
 -यीबाहेक अर्थोक के हुन्छ त लोभ लाग्ने?
  तिमी पागल रहेछौ
 -खै ! तिमीले मान्छेको कुरा गर्यौन?
  मलाई मान्छेबिनाको सम्पन्नता चाहिँदैन
  मलाई मान्छे नहाँसेको सुन्दर हिमाल चाहिँदैन
  मलाई मान्छेबिनाको धर्ती पनि चाहिँदैन
  मलाई मान्छेबिरुद्धको मन्दिर पवित्रता पनि चाहिँदैन