Last modified on 25 जून 2017, at 09:09

मायाले मलाई विषै देऊ / गणेश रसिक

मायाले मलाई विषै देऊ म निलकण्ठ भै पिइदिन्छु
जलनहरु बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु

तिम्रो मायालाई सजाउन महल बनाउन म सक्तिन
झुप्रो भएको यो मनलाई डँढेलो लाउन म सक्तिन
बरु मलाई चोट देऊ अचानो भई सहिदिन्छु
यो दुखाइ बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु

माया गरेर तिमीलाई पिंजडामा राख्न म सक्तिन
पँखेटा लागेको यो मनलाई उड्नलाई रोक्न म सक्तिन
बरु मलाई आँधी देऊ हिउँ पहिरो भई सहिदिन्छु
पिडाहरु बोकी छातीभित्र म सधैं तिम्रो भइरहन्छु