Last modified on 25 फ़रवरी 2015, at 14:07

माया गर्नेको चोखो माया पनि देखियो / कालीप्रसाद रिजाल

माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचा बन्धन पनि देखियो।
फूल सुकुमार छ को निस्पाप छ कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो।
रोई रोई नछुट्टिने कसम खानेले
हाँसी हाँसी कसम तोडेको पनि देखियो।
सबको भगवान छ भगवानले हेर्छन् भन्थ्यौ
तिम्रो भगवानले हेरेको पनि देखियो।