भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मूर्तिकार / जीवन आचार्य

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

थुप्रै मूर्तिशिल्पका कलाकृतिहरू वरिपरि घुमेर
म ती हातहरूको प्रशंसा गर्दै
त्यो मस्तिष्क, त्यो शरीर अर्थात् त्यो कलाकार खोज्छु
एउटा मूर्ति चलमलाउँछ
म छक्क पर्छु— कलाकृति सुन्दर मात्र हैन सजीव रहेछन्,
 हेर । मूर्ति त बोल्न पनि लाग्यो मूर्तिहरूमध्ये बीचबाट,
 ‘मलाई पहिले किन्नुस् हजुर ।
म ज्यादै भोको छु।’