Last modified on 28 जुलाई 2020, at 15:43

मूर्त अमूर्त मृत्यु १ / सुदीप पाख्रिन

आज
लगेर थुनिनेछ
थुनामा मलाई,
गरिनेछ बन्द
कालो अँध्यारो मृत्यु जस्तो कोठामा,
हानिनेछ यातनाका फूलहरुले,
उज्यालोबाट बंचित
देखिनेछ शरिरभरि— प्रताडनाका नीलडामहरु,
गरिनेछ घोषणा अनि
मेरो मृत्युदंडको दिन

गनिनेछ
उल्टा गिन्तीहरु
१०










अहो !
त्यस दिन हुनेछ
मेरो जिन्दगीसँग भेटघाट
मैले यत्रतत्र
सर्वत्र
खोज्दा पनि नभेटिएको
मेरो प्रिय
जिन्दगी !
मेरो मृत्युदंडको दिन !!