भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्युबारे / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


झुन्डिएर मर्न
ठिक हुनुपर्छ पासो
त्यसपछि ठाउा
रुख, दलिन, पङ्खा
घर, अफिस, कारागार
तर, अनिवार्य छ- एकान्त
हाम्फालेर मर्न
भीर, पुल, इनार
सेफ्टी नभएका कम्प्लेक्स्
कलेज, अस्पताल
र पार्टी कार्यालयहरू
तर महफ्वपूर्ण हुनेछ- सनक
कायर मृत्यु हो- विष सेवन
अँझ, मुसा मार्ने विष
कीटनाशक
लागूपदार्थको ओभर डोज
वा पराजयबोधपछिको प्रयत्न
लज्जास्पद हुनेछ यस्तो मृत्यु
आत्मदाह ...
मूर्खतापूर्ण मृत्यु हो यो
मृत्यु स्वयम्लाई यातना ...?
यस्तो कलाहीन मृत्युको
यो धर्तीमा
अब छैन कुनै गुञ्जायस्
जसरी-
बुद्ध, माक्र्स, गान्धी, माओत्सेतुङ, मण्डेला, माउसुली
मारिरहेछन् मानिस
तर तिमी यिनको लिने छैनौ सहारा
किनभने तिमीलाई
तिम्रो टाउकोमा गिदी भएको ज्ञान छ
हो, तिमी मर्न चाहन्छौ
तर इच्छा-मृत्यु मर्न सक्दैनौ तिमी
किनभने तिमी मानिस हौ
तिमीलाई माध्यम चाहिन्छ मर्न
जस्तो-
दम, क्यान्सर, एड्स, उमेर
यद्यपि,
प्रयत्न गर्यौम भने तिमीले
तिमीलाई
रोक्नेछन् मानवअधिकारकर्मी
र सम्झाउनेछन् तिनले-
'जिसस् क्राइस्टको मृत्यु, महान् मृत्यु हो ।'
योगमायाको प्रवचन
सारा क्लाउझ्लिनको गीत
हाराकिरी
लोकतन्त्र
वा सार्पसुटरले प्रयोग गर्ने चाइनिज-अमेरिकन पेस्तोल
मार्न सक्दैनन् यिनले, यी त भइसके डेटएक्स्पायर
विकल्प हुन सक्छ- स्लो पोइजन
तर, के तिमी तिम्रो देशलाई
माया गरिरहन सक्छौ त ...?
अहा सक्दैनौ
किनभने,
भोकको घुनले खान्छ प्रेमको मकै
त्यसैले, कवि!
सुन म
अर्को विकल्प दिन्छु तिमीलाई
मर्नुअघि
मृत्युवारे
सोंच!