Last modified on 14 अप्रैल 2020, at 20:07

मेरा सबै रात / नोर्देन रुम्बा

मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझ्ने बातहरू भए
आफैँलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोशीका बारातहरू भए

सधैँ यो सडकमा म केके रोज्दै हिँडछु
आफन्तको माझमा परिचय खोज्दै हिँडछु
भूलेर बजारभरिका हजार बैँसहरू
म त आफैँलाई हराई आँफै खोज्दै हिँडछु

कहिलेकाहीँ बिर्सिएर आकाश खोज्दै हिँडछु
भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँडछु
धेरै भयो अल्झेको यहाँ भीडभित्र
तिनै भीड्मा जिन्दगीको आभास खोज्दै हिँडछु