भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो गीत मेरै प्रतिविम्व होइन / गोपाल योञ्जन

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:46, 4 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो गीत मेरै प्रतिविम्व हैन
जो फुटी जाने हैन, जो टुटी जाने हैन
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन

केही गुन्गुनाउँछु धेरै शान्ति पाउँछु
त्यही शान्ति बाँट्न यहाँ गीत सुनाउँछु
म ल्याउँछु सागरबाट अन्जुलीमा पानी
एकएक बुँदले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत हैन
तिमीले नसुन्दैमा गीत मर्ने हैन

गीत चोरी ल्याएँ सागरबाट
आकाशको नीलो गहराइबाट
सुनी हेर सबमा गीतको मुहान छ
यहाँ जिउँदोलाई सास फेर्न जहीँतहीँ हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुँ मेरो गीत हैन