Last modified on 25 सितम्बर 2016, at 22:46

मेरो गीत / रमेश क्षितिज

छातिमाथि घरिघरि रातो आगो खसे पनि
जीउँदो छ मेरो गीत रोए पनि हाँसे पनि

यो थाकेको छैन बिसाउनीलाई सोध
मलाई खुसी देख्दा रिसाउनेलाई सोध
कोपिलाझैँ पाइताला मरुभूमिमा नाचेँ पनि
जीउँदो छ मेरो गीत रोए पनि हाँसे पनि

तरी आयो जङ्घारहरू बैसाखी मागेको छैन
ठेसहरू लागिरहे डराइ भागेको छैन
ढुङ्गाले रहरका मुनाहरू भाँचे पनि
जीउँदो छ मेरो गीत रोए पनि हाँसे पनि