Last modified on 25 सितम्बर 2016, at 21:30

मेरो घर / रमेश क्षितिज

सानो होला मेरो घर
मेरा लागि संसार हो
जहाँ जन्मे हुर्के खेलेँ
त्यही माटो आधार हो

कुनै ठूलो दर्शनको
किताब मेरी आमा
आफू रुझ्दै लुकाउँछिन्
सन्तान खोकिलामा
भन्छिन् नाउँ कमाउनू रे
छाति चौडा बनाउनू रे
हजार ताराहरूबीच
जून भई उदाउनू रे

विधाता म आफैँ आफ्नो
पसिनाले भाग्य लेख्छु
डोब बन्छ सिर्जनाको
जहाँ मैले पाइला टेक्छु
आफैँभित्र सम्पूर्ण म
हातगोडा छ सम्पत्ति
आशिष दिने मेरी आमा
ऊर्जा दिने देशभक्ति