Last modified on 6 जुलाई 2017, at 15:03

मेरो जीवनी गीत / तुलसी घिमिरे


तिमी नै मेरो जीवनी गीत
बिरानीमा एकान्तमा
हर पल तिम्रै साथ खोजिरहन्छ

दिन जहाँ ढल्छ रातको हात
खुसी सबै मेरो तिम्रो नै साथ
तिर्सनाको यो मनको तिमी नै हौ कि
डाँडा खोलामा गर्छु यस्तै बात
हर पल तिम्रै साथ खोजिरहन्छ

जीवनले के खोज्छ त्यो माया हो कि
वनले नजानी फकाई लाने हो कि
यसरी सधैँ नै तिम्रै मायामा
लहलह फूल जुनेलीको जून
जस्तो धर्ती आकास मोहनी लाउँछ

शब्द – तुलसी घिमिरे
स्वर – इन्द्रजीत मिझार, हिरा रसाइली
संगीत – न्जित गजमेर
चलचित्र – दुई थोपा आँसु