Last modified on 25 जुलाई 2017, at 22:05

मेरो देशको पुस्तक / वासु शशी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:05, 25 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


 
मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !
यसलाई पढ्ने मेरा बालकहरूले
अवश्य ‘यो त भएन बा !’ भन्नेछन् !
यसका पन्नाहरूको अक्षर नै मेटिने गरी
ठाउँ–ठाउँमा कालो मसी पोखिएको छ !

यसलाई पढ्ने बालकहरूले
अवश्य ‘यो त नराम्रो भो बा !’ भन्ने छन् !
अनि म बाँझोले बादललाई झैं हेरिरहुँला–
तिनीहरूले ती चौटाहरू ल्याएर जोडेको !
दागहरू माझेर पुस्तक सफा पारेको !
हो, मेरो देशको पुस्तकका पृष्ठहरू
ठाउँ–ठाउँमा च्यातिएका छन् !