Last modified on 5 मई 2017, at 10:57

मेरो पौरुषता / द्वारिका श्रेष्ठ

मलाई शङ्का छ
यो वायुमण्डलमा
मेरी आमाको श्वास
अझै कतै
रुमल्लिएको छ,
अहिले यसैले म सम्झन्छु—
‘उनको’ श्वासमा म बोकिन्छु,
 अनि मेरो
पहरो व्यक्तित्वमा
उनले जोत्छिन्
लाख–लाख बीउको
थरी–थरी
बेचबिखन गर्छिन्
कति गहिरो श्वास
उनी सुसाउँछिन्
बाँझो मेरो पहरोमा
पसिनाले धोएको कथा छ,
 पत्थरजस्ता
मेरा दुई आँखा फुटेर
आज भल बगेर जान्छ;
मलाई नपत्याए
तिम्रा सामु
कति–कति
फालीले कोपेसरिका पहरा छन्
हेर्नु कति–कति
कसरी रसाएका छन्,
तर मानिसले यति सम्झून्—
यो आमा–स्त्रीको पौरुषता हो।
यो छोरो–पुरुषको कायरता हो।।