Last modified on 2 सितम्बर 2023, at 21:13

मेरो यो गीतमा जून मुर्छना छ / हरिभक्त कटुवाल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 21:13, 2 सितम्बर 2023 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मेरो यो गीतमा जून मूर्च्छना छ
त्यो तिमी होइनौ को भन्न सक्छ?

एउटै छ धरती आकाश एउटै
एउटै छ उच्छवास चाहना एउटै
तरङ्ग धेरै विक्षिप्त मनमा
आँखाले मात्र को गन्न सक्छ?

तिमी हात म देऊ म प्रीत दिन्छु
तिमी आँट देऊ म जीत दिन्छु
रहर कुँदेका पाइलाहरूलाई
बन्धनको सागर को खन्न सक्छ?