Last modified on 5 मई 2017, at 12:04

मेरो विषयमा / कालीप्रसाद रिजाल

मलाई मन नपराउनेहरू
मेरो विषयमा
अक्सर भन्ने गर्छन्
यसका कविता त राम्रा हुन्छन्
गीतहरू पनि राम्रा छन्
तर मान्छे भने ठीक छैन
यो सुन्दा मलाई
अत्यन्त सन्तोष
परम गौरवको अनुभव हुन्छ
मेरो झन्डै पाँच दशकको
साहित्यसाधनापछि
आज आएर कसैले मलाई
मान्छे त बेस हो
तर कविता र गीत भने राम्रा छैनन् भनेर
टिप्पणी गरेको भए
हे परमेश्वर ।
मेरो के हाल हुन्थ्यो होला ??