Last modified on 16 मार्च 2017, at 10:48

मेरो स्पेस / मनप्रसाद सुब्बा


१. अन्यथा क्यै गरेको होइन है मैले ।
यत्ति हो कि म जन्मँदाखेरि
मैले मुट्ठ्याएर ल्याएको दुइ मुट्ठी आकासलाई
सोझ्याएर तन्काएर टाँग्न खोजेको मात्रै हो
आफ्नो शिरमाथि

२. इतिहासको यो ग्रुपफोटोमा
मेरो फोटो चैं खोइ ?