भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मैले आत्महत्या गर्दा / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:35, 24 नवम्बर 2019 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सुमन पोखरेल |अनुवादक= |संग्रह= शून...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

सिन्दूर देखाएर पछयौरीभरि
तिमी दुई आँखा रोयौ सिन्दूरको मायाले ।

मलाई दुख्यो
किनभने त्यो तिम्रो आँखा थियो
जहाँ तिमी रोएकी थियौ,
त्यो सिन्दूर मेरो मुटुको रगत थियो
त्यसैले पनि मलाई दुख्यो ।

मलाई तिम्रो सिन्दुरको माया लाग्छ
त्यो तिम्रो सिन्दूर भएकोले

माया लाग्छ
मेरो मुटु निचोरेर निस्किएको रगत भएकोले ।

मेरो छातीमा टाउको राखेर तिमीले
मेरी प्रिया! अर्को मान्छेको प्रशंसा गर्दा
मैले मेरो लोग्ने मान्छेलाई मारेको थिएँ ।

कुनै पनि लोग्नेमान्छे
आफ्नी प्रियाले आफ्नो छातीमा टाउको राखेर
अर्को मान्छेलाई माया गर्छु भनेको सुन्न पक्कै सक्दैन ।

त्यसैले
आत्महत्या गर्दा
सबैभन्दा पहिले
मैले मेरो लोग्नेमान्छेलाई मारेको थिएँ ।

मैले मेरो लोग्नेमान्छेलाई मारेको थिएँ

त्यसको मुटु निचोरेर
रगतले तिम्रो सिउँदो अझ गाढा पारिदिएको थिएँ ।

म कमजोर हुँदै गएको थिएँ
र विश्वास दिलाउन नसक्ने हुँदै गएको थिएँ
र विश्वास गर्न नसकिने हुँदै गएको थिएँ
र विश्वास पाउन नजान्ने हुँदै गएको थिएँ ।

त्यसैले
सायद तिमीले टाढा देख्दै थियौ मलाई
सायद तिमीले टाढा धपाउँदै थियौ मलाई ।

जीवनको विश्वास विना बाँच्नु कति निरश हुन्छ जिन्दगी!
जीवनबाट टाँडिदै गएर बाँच्दा कति उदास हुन्छ जिन्दगी !

त्यसैले मैले
आत्महत्या गर्ने निधो गरेको थिएँ
र आत्महत्या गर्ने क्रममा
सबैभन्दा पहिले मेरो लोग्नेमान्छेलाई मारेको थिएँ ।