Last modified on 6 अगस्त 2016, at 01:42

मैले गीत छोडी आएँ / किरण खरेल


मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

सुनको बिहानी मुस्काउने सानो गाउँ थियो
स्वर्ग हो कि त्यो धरती हो सानो ठाउँ थियो
त्यहीँ फुल्थे गीत मेरा बेली चमेली झैँ
कोपिलामा हाँस्थ्यो कोही मेरो सुसेली झैँ
मैले गीत छोडी आएँ फूलको तरेलीमा

डाँडापारि साँझमा बाटो मेरो हेर्दै
रुँदैछ कि चुपचाप साँझमा गीत आँसु झार्दै
मखमली चोली पनि उसलाई बिझायो कि
लुकी लुकी ताराले उसलाई गिज्यायो कि
मैले गीत छोडी आएँ फूलको तरेलीमा