भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म आफ्नै देशसँग असन्तुष्ट कवि / प्रमोद स्नेही

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 14:47, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रमोद स्नेही |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो देशसँग
म असन्तुष्ट छु ।
ज्यादै नै असन्तुष्ट
जुन देशमा म जन्मो
त्यही देशले
मलाई अराजक कवि बनायो ।
नागरिकता थमाएर
जबरजस्ती
यो देशको नागरिक बनायो ।
मेरो भाग्य माथि सधैं
सङ्घर्ष र पीडा बोकायो
सपनाको गह्रुङ्गो ऋण
जीवनभर तिर्दातिर्दै थकित तुल्यायो ।
मेरो देशले मलाई
फगत्
कालो भविष्य दियो
सधैं विरोधमा
सधैं माटोको विरुद्धमा
कविता लेख्ने अराजक
कवि बनायो ।
यो देशले नागरिकता
थमाएर
मेरो हातमा
अपाहिज तुल्यायो ।
सधैं विरोधमा
सधैं विरुद्धमा
कविता लेख्ने अराजक
कवि बनायो ।
म मेरो देशसँग
असन्तुष्ट छु
साह्रै असन्तुष्ट ।
आफ्नै देशको विरुद्धमा
आवाज उठाउनु पर्ने
स्थिति
यही देशले नै बनायो ।
जुन देशमा म
दुर्भाग्यले जन्मो ।