Last modified on 7 मई 2017, at 10:02

म युद्धबन्दी भएकोबेला / गोपाल पराजुली

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 10:02, 7 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल पराजुली |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

मैले बोल्ने शब्दलाई
म नजिकबाट नियाल्दैछु
म अडि“दैछु
यसै बेला
घण्टाघरको सुई टक्क अडिएको छ
मेरो शब्द
र अर्थको गम्भीरता बचाउन नसक्नेहरू
मञ्च मेरो रक्षा गर्न सक्दैन भन्ठानिरहेका छन्
मेरो भावनाको प्रतिनिधित्व
मैले चुप लागेर गरे पनि
वा अडी–अडी गर्न चुप लागे पनि
म कसको भावनाअनुसार बोल्न
कुन शब्दलाई विघटन गर्ने
र कुन शब्दले कसलाई सम्बोधन गर्ने
सोचिरहेछु,
संसारले मलाई जे सुन्न प्रतीक्षा गरिरहे पनि
र म जेभन्न लागिरहे पनि
कि एकछिन मैले अड्नुपर्छ
कि समयले
म समयको आवाज बोक्न उभिएको
र समय मेरो शब्द प्रसार गर्न
उभिएको यो बेला
मैले नबोले त्यो मलाई
ठूलो सजाय हुने
मैले धेरै बोले
त्यो पनि मलाई सजाय हुने
यो कुरा मभित्र
पाँच सेकेन्डभित्र सुरु भएर
अन्त भएको युद्ध हो
जुन युद्धलाई म नै हेरिरहेछु
म नै हेरिरहेको थिएँ