भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यति इच्छा पुगे / माधवप्रसाद घिमिरे

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 16:34, 17 फ़रवरी 2022 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे,
रामराज्य जस्तो हुन्थ्यो यति इच्छा पुगे ।

तोपचरीको गुँडै राम्रो, ईशानतिर दैलो,
भाइको भने घरै छैन, कहाँ खेल्ने भैलो ।
कस्तो हुन्थ्यो शिर ओत्न सवैलाई पुगे,
मेरो मन दुख्छ हजुर, भाइको मन दुखे ।

पल्लो घरको धुरीबाट धुवाँ आको छैन,
मैले खाई के सार भयो, भाइले खाको छैन !
कस्तो हुन्थ्यो कमाइ खान सबैलाई पुगे,
मेरो मन दुख्छ हजुर, भाइको मन दुखे ।

फूल राम्रो गुराँस कि फूल राम्रो कपास,
भाइको शिरमा टोपी छैन, कहाँ लाउने गुराँस !
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे,
मरो मन दुख्छ हजुर, भाइको मन दुखे ।