भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यति चोखो यति मिठो / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यति चोखो यति मिठो दिउँला तिमीलाई माया
बिर्सने छन् साराले पुराना प्रेमका कथा

मेरो सारा जीवन सबै तिमीलाई
मीठामीठा क्षणहरू सबै तिमीलाई
मेरो खुसी मेरो सुख सबैसबै तिमीलाई

आँखाभित्र बस्नू तिमी छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चिहाउनू
सधैं सधैं तिमी मेरी माया बनी आउनू आउनू