भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यसबेला तिनलाई फर्क भनिदिए हुन्छ / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:58, 20 सितम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ती जो त्यहाँसम्म आएर मलाई पर्खिरह्छन्
तिनलाई कसैले फर्क भनिदिए हुन्छ ;
तिनले गाउने गरेका गीतहरु अवश्य नै मीठा होलान्
कुम्भकर्णका कानहरुलाई गीतको के काम ?
होला तिनलाई आफ्नो जिन्दगीभन्दा कतै सपना प्यारो,
तर यहाँ ती सपना फस्टाउने एउटा पनि कुनै चोक छैन,
पहाडले छेकेको यस सहरमा पर्खाल थपेर जताततै
सुरक्षित छन् यहाँका मानिस गहिरो नीदमा,
स्वस्तिको सिरकमुनि आश्वासनको सिरानी हालेर
म पनि निश्चिन्त हुन खोजिरह्छु यसबेला,
त्यसैले तिनलाई अहिले फर्क भनिदिए हुन्छ ।

तिनका इच्छाहरु पवित्र छन्
तिनका हातहरु स्वतन्त्र छन्
म धमिल्याउन चाहन्नँ तिनीहरुका सपनालाई
ती उतै सुरक्षित रहून् उनीहरुकै आँखामा,
मलाई विश्वास छ, ती रिसले मुर्मुरिँदै फर्कनेछन् यसबेला
र फेरि आउँदा ती मलाई कुल्चने गरी आउनेछन्
मेरो छोरो स्वागत-तोरण सजाइरहेको हुनेछ त्यसबेला ।