भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यस्तै रहेछ यहाँको चलन / यादव खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यस्तै रहेछ यहाँको चलन
हार्नेको आँसु जित्नेको हाँसो
मेरो छैन केही तिमीलाई गुनासो

तिम्रो लागि दुई दिनको रमझम
मेरो उमेर भरीको नासो भो
तिमीले खेलेको मायाको खेल नै
मेरो जिवन मरणको पासो भो

किन मेरो यसरी गर्‍यौ बदनाम
मेरो माया सडकको चासो भो
तिमी माथिको बिश्वास मेरो
आज संसार भरीको हाँसो भो