भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यस्तो बाजी हारेँ मैले / रवीन्द्र शाह

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रै भो’
यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’

सगरभरि ताराहरू आपसमा हाँस्दो रैछन्
मुटुभरि जलन दिई मान्छे यहाँ बाँच्दो रैछन्
यस्तो माया लाएँ मैले हित सारा तिम्रै नै भो’
यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’

जहाँ आउँथ्यो बह त्यहाँ आज देख्छु बिरानो म
जिन्दगीको सम्झनामा भइसकेँ पुरानो म
सम्झनलाई बिर्सेँ मैले जीत सारा तिम्रै नै भो’
यस्तोसित गाएँ मैले गीत सारा तिम्रै भो’