भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यहाँ बोलाउदिन् / सविता गौतम दाहाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:56, 16 जुलाई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=सविता गौतम दाहाल |अनुवादक= |संग्र...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


उसले कोरेको चित्रघरभित्र
भित्रिन सक्दिन होला !
उसको रहरले वनाएको वगैंचा
म डुल्न सक्दिन होला !
उसले किनेको टिकटमा
दूर दूरसम्मको यात्रा
म जान सक्दिन होला !

उसलाई प्रत्यक्ष नभेट्दै
उ यति सुन्दर छ
उज्यालो भित्तामा देखेर
विजुली दौडन्छ शरीरभरी
सपनामा उ वेगवान घोडा चढेर दौडन्छ
विपनामा नओर्लिएकै ठीक छ ।

ओरालेर यो धरातल
विगार्नु छैन समय
आशामा,सपनामा र भ्रममानै
उ सम्मोहक छ
शालीन छ
घपक्क छ ।

यथार्थमा ल्याएर कहाँ टेकाउनु ?
कोहीसँग सुहाउदैन
मिल्दोजुल्दो सुन्दरता
कतै खाली छैन्
प्रदुषणको यो शहर
ओरालेर स्वच्छता
कता अटाउनु
मेरो वशमानै छैन् ।

उ जहाँ छ,
विल्कुल सहि,सुरक्षित र सफा छ
मिलेको ,चिटिक्क, नशालु
र दयालु छ
यहाँ वोलाउदिन् ।