Last modified on 23 जून 2020, at 09:34

यही भाग मेरो / रमेश क्षितिज

जुनेली भो तिमीलाई जूनको दाग मेरो
आँसु जत्ति मलाई देऊ खुसी राख मेरो
यही भाग मेरो !

कसैलाई दोष दिन्न आफ्नो–आफ्नो कर्म
तिमीलाई बिहान हुँदा रात मेरो घरमा
केही नदेऊ मलाई तिमी मुटु राख मेरो
यही भाग मेरो !

मोती बन्छन् मेरा आँसु तिम्रो निम्ति झरे
गुनासो म गनर्छे नै मैले मर्नुपरे
हाँसीहाँसी दिइदिन्छु ज्यानै माग मेरो
यही भाग मेरो !