भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यात्राको आरम्भमा / कणाद महर्षि

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:53, 8 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कणाद महर्षि |अनुवादक= |संग्रह= }} {{KK...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पढ्न खोज्यो कि एउटा सराप आइलाग्ने इतिहास
हेर्न खोज्यो कि अनेकौँ परिधिले छेक्ने बस्ती
बुझ्न खोज्यो कि एउटा कुहिरो लाग्ने वर्तमान
 — कति अस्पष्ट ।
 — कति अपराधी ।
 — कति दुर्गन्धी ।

मस्तिष्कले यहाँ अर्कै आकाश हेर्दै छ
हत्केलाले यहाँ अर्कै धरती खोज्दै छ
पैतालाले यहाँ अर्कै गोरेटो टेक्दै छ

ऐँसेलु र काफलको पवित्रतालाई ढोगेर
परालको कुन्यूमा लुकेको अव्यक्त ठेलालाई सोहोरेर
भोको प्राण र सिङ्गो देशलाई साक्षी राखेर—
अपराधै अपराधमा अग्लिएको इतिहासलाई च्याते हुन्छ
टेबिलैटेबिलमा छरिएको केन्द्रित गिदीलाई फाँडे हुन्छ
पिचैपिचमा रमाउने पाइलालाई च्याते हुन्छ
… … … … … … … … … … … … … … … ।

गोरेटोको शिलान्यासमा यही गीत रोप्ने हो कि ।
यात्राको आरम्भमा यही आयाम खोप्ने हो कि ।