भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

युद्धपछि / विप्लव प्रतीक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले थाहा पाइसकेँ
अब मानिसहरूले मनको आवाज सुन्न सक्दैनन्
अब कसैको दुःखमा कोही रुनेछैन ।
र म,
संवेदना बेचेर खाएको शहरमाकङ्गाल
घण्टाघर र धरहराको घाउहेरेर
रानीपोखरीमा रुँदैछु ।
मैले थाहा पाइसकेँ
अब मेरोधरती
छिनछिनमा बल्झ्निे दीर्घरोगले नै मर्नेछ,
कुनै वीर्यवान शक्तिपुरुष आएन
उसको बाँझेपन फुटाउन ।
अब थाक लाग्दै जानेछ
चाउरी परेका बैँस
अनि बन्नेछ एउटा फुसफुसे चट्टान
र, हाम्रो इतिहास दबिनेछ
त्यही चट्टानकोधूलोमा कुनै दिन ।
मैले थाहा पाइसकेँ
अब जीवन, जीवनजस्तो हुनेछैन,
नक्कली पूmल र इसारामा
मानिसहरूले संवेदनाको भाषा बिर्सनेछन्।
आउ, आज हाम्रो पौरुषको मृत्युमा
काट्टो खाने तयारी गरौँ ।
त्यो घाम अब हाम्रो पोल्टाबाट फुत्किसक्यो,
जूनले अब हाम्रो अँध्यारोमा उज्यालोमझ्ेरी ल्याउने छैन ।

तिमीहरू सबले थाहा पायौ ?
अब हामी मनको आवाज सुन्न सक्तैनौँ ।