भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

यो एउटा सडकको कथा हो / यादव खरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 17:31, 21 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=यादव खरेल |अनुवादक= |संग्रह= }} {{KKCatGeet}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा यो
यो मेरो छातीबिचमा
सयौंले कुल्चिएको व्यथा हो

सडकमा सबैको सबै कुल्ची हिंड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
कसैले देखेन मेरो कर्म के हो
कसैले बुझेन मेरो मर्म के हो
यो पीडा बढी भएर नरूनुको व्यथा हो
हारेको जिन्दगीमा केही नहुनुको कथा हो

मलाई टेकेर अरू पारी पुग्छन्
मलाई अधुरा मेरै खुसी लुट्छन्
यहीं छु मलाई कहीं खुल्नु छैन
सडक हुँ योभन्दा अरू जिउनु छैन
विश्वास मरिसकेको यो आशाको व्यथा हो
दुखाईले कतै नदुख्ने व्यथा झैं यो कथा हो

शब्द-यादव खरेल
स्वर-रामकृष्ण ढकाल
संगीत-सम्भुजित बासकोटा
एल्बम-आशा